संगालोखबर सम्वाददाता

बिराटनगर । कोरोना संक्रमणका कारण स्याङ्जाका एक पुरुषको गएराती मृत्यु भएको पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेशनमा उपचाररत स्याङ्जाको वालिङ्ग नगरपालिका–३ का ५८ बर्षीय पुरुषको मृत्यु भएको हो ।

Advertisement

मृगौला सम्बन्धि समस्यासमेत रहेका उनलाई आईतबार उपचारका लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारकै क्रममा गएराती ११ः२५ बजे उनको मृत्यु भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पुष्टि गरेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको थियो ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र रामघाट पोखरा स्थित स्वास्थ्य निर्देशनालयले पनि सोमबार बिहान प्रेस बिज्ञप्ति जारी गरेर कोरोना संक्रमित ती पुरुषको मत्युको पुष्टि गरेका छन् ।

स्वास्थ्य निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्मा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक सह.प्रा.डा.अर्जुन आचार्यले प्रेस बिज्ञप्ति जारी गरेर कोरोना संक्रमितको मृत्युको पुष्टि गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!