संगालोखबर सम्वाददाता

अछाम । अछामको बयालपाटा अस्पतालले जागिरबाट निकालेपछि एक कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका छन् । लकडाउनका कारण आर्थिक संकट परेको भन्दै अस्पतालले कामबाट निकालेपछि अस्पतालका कर्मचारी साँफेबगर नगरपालिका–६ का सिदार्थ आउजीले शरिरमा आगो लगाएर आत्मदाह गरेका हुन् ।

Advertisement

उनी अस्पतालमा सरसफाई कर्मचारीको रुपमा कार्यरत थिए । लकडाउनका कारण आर्थिक संकट परेको भन्दै अस्पतालले उनीसहित ३२ जना कर्मचारीलाई कामबाट निकालेको थियो । रोजगारी गुमेपछि मानसिक तनाबमा रहेका उनी काम पाइने आशमा अस्पताल जाने गरेका थिए ।

तर, पुनः काम नपाउँने बुझेपछि उनले आज दिउँसो अस्पतालमै पुगेर पेट्रोल छर्की शरीरमा आगो लगाएका हुन् । आगोले जलेर गंभीर घाईते भएका उनलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो । अस्पताल पुर्याएको केही समय भित्रै उनको मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!