संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

इलाम । सरकारी कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोपमा ईलाममा एक सव-इन्जिनियर पक्राउ परेका छन् । बलात्कार आरोपमा ईलामको माङसेबुङ गाउँपालिका वडा नं.४ मा कार्यरत सव-इन्जिनियर काजीमान राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

पीडित महिला कर्मचारीले जबरजस्ती करणीको उजुरी दिएपछि माङसेबुङ गाउँपालिका–६ चिसोपानीका ५० बर्षीय राईलाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय ईलामका प्रमुख हिराबहादुर पाण्डेले संगालोखबरलाई बताए । उनले भने–‘अर्को वडामा कार्यरत एक महिला कर्मचारीको कोठामा गएर राईले उनीमाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरी अनुसन्धानसहित कारबाही प्रकृया अघि बढाएका छौ ।’

Advertisement

राईले काम सिकाउँने बहानामा महिला कर्मचारीको कोठामा गई उनीमाथि जबरजस्ती करणी गरेको आरोप छ । जेठ १४ गते बुधबार राती आफूमाथि जबरजस्ती करणी भएको भन्दै पीडितले राईविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिईन् ।

घटनापश्चात फरार राई कार्यालयमा पनि उपस्थित भएका थिएनन् । घटनाको ९ दिनपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । राईलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दा दर्ता गरेर घटनाको बिषयमा थप अनुसन्धान भईरहेको एस्पी पाण्डेले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!