संगालोखबर सम्वाददाता

धरान । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत झापाका २८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । उपचारका क्रममा पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ ।

Advertisement

डिस्चार्ज हुँने २८ जना नै पुरुष हुन् । १८ देखि ५६ बर्षसम्मका उनीहरु उपचार पश्चात निको भएपछि डिस्चार्ज गरेर पठाईएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । बीपीबाट यसअघि तीन चरणमा कोरोना संक्रमित डिस्चार्ज भईसकेका छन् । योसँगै प्रतिष्ठानबाट निको भई डिस्चार्ज हुँने संक्रमितको संख्या ६१ पुगेको छ । प्रतिष्ठानमा बाँकी ५५ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।

प्रदेश १ मा हालसम्म १५१ जनाले कोरोना जितेर अस्पतालबाट घर फर्किएका छन् । प्रदेशका बिभिन्न जिल्लामा भेटिएका २७७ कोरोना संक्रमितहरुको धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, बिराटनगर स्थित कोरोना बिशेष अस्पताल र गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयमा बनाईएको अस्पतालमा उपचार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!