संगालोखबर सम्बाददाता

काठमाडौं । बुधबार थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरङका ८ जना, झापाका ५ जना, उदयपुरका ४ जना, नवलपुरका १ जना, सप्तरीका ६ जना, दैलेखका २५ जना, जाजरकोटका ३ जना, सर्लाहीका २७ जना, कपिलबस्तुका ४८ जना, नवलपरासी पश्चिमका ५ जना, पाल्पाका १२ जना, प्यूठानका ६ जना र रुपन्देहीका ७ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै बाँकेका ३ जना, बर्दियाका १ जना, सुर्खेतका ९ जना, दार्चुलाका १ जना, कैलालीका १२ जना, कन्चनपुरका २ जना, डडेलधुराका १ जना, धादिङका १६ जना, धनुषाका ११ जना, गोरखाका ४ जना, नुवाकोटका १ जना, सिन्धुपाल्चोकका २ जना, सिरहाका १ जना र रौटहटका ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!