मेघगर्जनसहित वर्षाको सम्भावना

मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र मधेस प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातको समयमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि ...
धनकुटाबाट धमाधम खेलाडी छानिदै

धनकुटाबाट धमाधम खेलाडी छानिदै

धनकुटा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धनकुटाबाट खेलाडी छनौटको काम भइरहेको छ । जिल्ला खेलकुद विकास समितिले छनौट खेलहरू सञ्चालन गरेर खेलाडी छान्ने काम गरिरहेको हो । धनकुटाको तल्लो टुँडिखेल, कभर्ड हल लगायतमा छनौट खेल सञ्चालन भइरहेका छन् । फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, कराते, उसु, तेक्वान्दो, बक्सिङ, कब्बडी, हाइटेक तेक्वान्दो, बुद्धिचाल लगायत १३ खेलका खेलाडी छनौटको क...
सप्तकोशीमा डुबेर बालकको मृत्यु

सप्तकोशीमा डुबेर बालकको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । सप्तकोशीको भंगालोमा डुब्दा बराहक्षेत्र–९ राजाबासका १२ बर्षीय अमर माझीको मृत्यु भएको हो । उनी राजावासस्थित सरस्वति मा.बि.को कक्षा ६ मा अध्ययनरत थिए । बुधबार स्कूलमा टिफिन भएका बेला सप्तकोशी नदीको भंगालोमा पौडी खेल्न पुगेका माझी त्यही डुबेका हुन् । उनलाई नदीबाट उद्धार गरेर उपचारका लागि चक्रघट्टीस्थित न...
२०७९ भदौ ९ गते बिहीवारको राशिफल

२०७९ भदौ ९ गते बिहीवारको राशिफल

ई.सं. २०२२ अगस्ट २५ नेपाल सम्बत ११४२ गुंलागा त्रयोदशी, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ कृष्ण पक्ष त्रयोदशी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, वरिवान योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः३९ बजे, सूर्यास्त साँझ ६:३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुने...
भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.जोनाथान आए नोबेलमा

भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.जोनाथान आए नोबेलमा

विराटनगर । भारतका बरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.एडमण्ड जोनाथान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आवद्ध भएका छन् । भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा काम गर्दै आएका प्रा.डा.जोनाथानले त्यहाँ छोडेर बुधबारबाट नोबेलमा सेवा सुरु गरेका हुन् । उनलाई नोबेलका न्यूरो बिभाग प्रमुख डा.प्रकाश काफ्लेसहितको टिमले स्वागत गरेको छ । प्रा.डा.एडमण्ड ब्रेन ट्यूमर, मेरुदण्डको नसा च्यापिएको, ट्यूमर पलाएको...
चार दिनपछि खुल्यो कलेजको ताला

चार दिनपछि खुल्यो कलेजको ताला

धनकुटा । धनकुटाको पाख्रीवासस्थित प्राकृतिक श्रोत व्यवस्थापन कलेजमा तीन विद्यार्थी सङ्गठनले लगाएको ताला चार दिनपछि बुधबार खोलिएको छ । क्याम्पस प्रशासन र विद्यार्थी सङ्गठनहरूबीच सात बुँदे सहमति भएपछि ताला खोलिएको हो । बिएससी एजी पाँचौं सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुको परीक्षा तालिका भदौं २ गते प्रकाशन भएको थियो । सो तालिका अनुसार परीक्षाका क्रममा एक विषयदेखि अर्को विषयको परीक्षाबीचमा एक दिनम...
कुमारी बैंकले पायो ऋणपत्र निष्कासनको स्वीकृति

कुमारी बैंकले पायो ऋणपत्र निष्कासनको स्वीकृति

काठमाडौं । कुमारी बैंक लिमिटेडले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११% केविएल डिबेन्चर २०८९’ को एक हजार अंकित दरको तीस लाख कित्ता ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले गत भदौं १ गते कुमारी बैंकलाई स्वीकृति प्रदान गरेको हो । उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीका ला...
श्रीमती मारेर भागेका श्रीमान चार बर्षपछि पक्राउ

श्रीमती मारेर भागेका श्रीमान चार बर्षपछि पक्राउ

सुनसरी । सुनसरीमा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान चार बर्षपछि पक्राउ परेका छन् । ईनरुवा नगरपालिका–४ की २३ बर्षीया अनिता देवी खत्वेको हत्या गरेर भागेका उनका श्रीमान ३५ बर्षीय विनोद कुमार खत्वेलाई प्रहरीले पक्राउ गरेको हो । २०७४ साल जेष्ठ ४ गते राती श्रीमतीको हत्या गरी खत्वे फरार भएका थिए । फरार रहेका खत्वेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले सोमवार साँझ पक्राउ गरेको हो ।
बाख्रा पालेर वर्षमा १५ लाख कमाउँछन् बुढाथोकी

बाख्रा पालेर वर्षमा १५ लाख कमाउँछन् बुढाथोकी

मोरङ । मोरङको सुन्दरहरैंचाका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धनकुटाबाट सुन्दरहरैंचाको कुमारगाउँमा बसाइ सरेका बुढाथोकीले बाख्रापालनबाट वार्षिक १५ लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । १२ कक्षासम्म अध्ययन गरेका बुढाथोकीले पाँच वर्ष अघिदेखि कृषि फार्म सञ्चालन गर्दै आएका छन् । बाख्रापालनबाट वर्षमा १५ लाख आम्दानी गर्न सफल भएको बुढाथोकी बताउँछन् । चार वटा बाख्राबाट व्...
धनकुटामा नेपाल बैंकले पनि सुरु गर्यो एटीएम सेवा

धनकुटामा नेपाल बैंकले पनि सुरु गर्यो एटीएम सेवा

धनकुटा । धनकुटामा नेपाल बैंक लिमिटेडले आजबाट एटीएम सेवा सुरु गरेको छ । धनकुटा नगरपालिका–७ बसपार्क नजिक रहेको नेपाल बैंकको शाखा कार्यालयबाट एटीएम सेवा सुरु गरिएको हो । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले रिबन काटेर एटीएम उद्घाटन गरेका छन् । नेपाल बैंकको यो १८७ औं एटीएम हो । वि.स.१९९४ मा खुलेको नेपाल बैंक नेपालको पहिलो बैंक हो । सरकारी स्वामित्वको यो बैंकले देशभर २२० शाखा विस्तार गरेर बैङ्किङ ...
२०७९ भदौ ८ गते बुधबारको राशिफल

२०७९ भदौ ८ गते बुधबारको राशिफल

ई.सं. २०२२ अगस्ट २४ नेपाल सम्बत ११४२ गुंलागा द्धादशी, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ कृष्ण पक्ष द्धादशी तिथी, चन्द्रमा मिथुन राशिमा, पुनर्वस्ु नक्षत्र, व्यतिपात योग, तैतील करण । नेपालमा सूर्योदय बिहान ५ः३८ बजे, सूर्यास्त साँझ ६:३३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीयाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेप...
पथरीशनिश्चरेका वृद्धवृद्धालाई डा.शर्माले गराइदिए गाउँमै मुटु तथा फोक्सोको परीक्षण

पथरीशनिश्चरेका वृद्धवृद्धालाई डा.शर्माले गराइदिए गाउँमै मुटु तथा फोक्सोको परीक्षण

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको पथरीशनिश्चरेका बृद्धबृद्धाहरुलाई गाउँमै मुटु तथा फोक्सो रोगको परीक्षण गराइदिएका छन् । नोबेलबाट विशेषज्ञ डाक्टरहरूको टोली पठाएर डा.शर्माले बृद्धबृद्धाहरुलाई गाउँमै स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था मिलाइदिएका हुन् । डा.शर्माको योजना अनरुप ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मंगलवार पथरीमा मुटु तथा फोक्सो रोग परीक्षण शिवि...
धनकुटामा मोटरसाइकलको ठक्करबाट बृद्ध घाइते

धनकुटामा मोटरसाइकलको ठक्करबाट बृद्ध घाइते

धनकुटा । धनकुटाको जिरोपइन्ट नजिक आज बिहान मोटरसाइकलको ठक्करबाट एक बृद्ध गम्भीर घाइते भएका छन् । जिरोपइन्टवाट पात्लेखोलातर्फ जादै गरेको को १३ प ४७१९ नम्बरको मोटरसाइकलले बिहान करिब ९ः३० बजे ठक्कर दिदा स्थानीय ७७ बर्षीय सतन राई घाइते भएका हुन् । आफ्नै घर नजिक सडक पार गर्ने क्रममा बृद्ध राईलाई मोटरसाइकलले ठक्कर दिएको हो । ठक्करबाट उनको टाउकोसहित शरीरका बिभिन्न भागमा चोट लागेको छ । घाइते राईलाई उपच...
प्रदेश १ मा बन्दको प्रभाव न्यून

प्रदेश १ मा बन्दको प्रभाव न्यून

विराटनगर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीले आज आह्वान गरेको बन्दको प्रभाव प्रदेश १ मा आंशिक रुपमा मात्र देखिएको छ । प्रदेश १ का १४ वटै जिल्लामा बन्दको प्रभाव सामान्य देखिएको विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश १ मा बन्दको प्रभाव खासै नपरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राई बताउँछन् । बन्दको समयमा निजी तथा सार्वजनिक सवारी...
घोषणापत्र साझा, निर्वाचन चिह्न आ-आफ्नै

घोषणापत्र साझा, निर्वाचन चिह्न आ-आफ्नै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल आगामी निर्वाचनमा संयुक्त घोषणापत्र बनाउने विषयमा सहमत भएका छन् । ४ मंसिरको निर्वाचनअघि नै ‘पार्टी एकता गर्ने कि निर्वाचन पछि ?’ भन्ने विषयमा सहमति जुटाउन नसकेका प्रचण्ड र नेपालले ‘हाललाई पार्टी एकताका लागि एकता संयोजन समिति गठन गर्नेबारे समेत ...
२०७९ भदौ ७ गते मंगलबारको राशिफल

२०७९ भदौ ७ गते मंगलबारको राशिफल

ई.सं. २०२२ अगस्ट २३ नेपाल सम्बत ११४२ गुंलागा एकादशी, नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु, भदौ कृष्ण पक्ष एकादशी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, सिद्धि योग, बालव करण । नेपालमा सुर्योदय बिहान ५ः३८ बजे, सूर्यास्त साँझ ६:३४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा शक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप...
धनकुटाबाट छानिए बुद्धिचालका दुई खेलाडी

धनकुटाबाट छानिए बुद्धिचालका दुई खेलाडी

धनकुटा । प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिताका लागि धनकुटाबाट खेलाडी छनौट गरिएको छ । सोमबार जिल्ला बुद्धिचाल संघको आयोजनामा छनौट प्रतियोगिता गरेर दुई जना खेलाडी छनौट गरिएको हो । पत्रकार महासङ्घको सभाहलमा भएको जिल्ला स्तरीय छनौट प्रतियोगिताबाट पूर्णबहादुर डंगोल र किरण लिम्बू (नरबहादुर) छनोट भएका हुन् । प्रतियोगितामा १२ जना खेलाडी सहभागि थिए । उनीहरूलाई पछि पार्दै डंगोल र लिम्बू छनौट भएका हुन् । ...
धनकुटामा दशैँ तिहार फुड फेस्टिभल तथा मेला गरिने

धनकुटामा दशैँ तिहार फुड फेस्टिभल तथा मेला गरिने

धनकुटा । धनकुटामा आगामी असोजमा दशैँ तिहार फुट फेस्टिभल तथा मेला आयोजना गरिने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले असोज ७ देखि २१ गतेसम्म टुँडिखेलमा मेला आयोजना गर्ने भएको हो । महासङ्घको आज बसेको बैठकले मेला आयोजना गर्ने निर्णय गरेको अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार दशैँ तिहारका लागि सस्तो मूल्यमा दैनिक उपभोग्य सामाग्री तथा लत्ताकपडा बिक्री वितरण गर्न र...
पाँचथरमा ५ कक्षामा पढ्ने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

पाँचथरमा ५ कक्षामा पढ्ने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

पाँचथर । पाँचथरमा आफ्नै विद्यालयकी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । कक्षा ५ मा अध्ययनरत छात्रालाई बलात्कार गरेको आरोपमा याङ्वरक गाउँपालिका–४ को सनसाइन बोर्डिङ स्कुलका शिक्षक सरजित ठटाल पक्राउ परेका हुन् । भारतको दार्जिलिङ घर भएका शिक्षक ठटालले भदौ ३ गते साँझ ती बालिकालाई बलात्कार गरेको आरोप छ । घटनाका विषयमा बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । घटनाको जानका...
उदयपुरमा गाँजा बेच्दै गर्दा महिला पक्राउ

उदयपुरमा गाँजा बेच्दै गर्दा महिला पक्राउ

उदयपुर । उदयपुरमा गाँजा बिक्री गरिरहेको अवस्थामा एक महिला पक्राउ परेकी छन् । चौदण्डीगढी नगरपालिका–३ स्कुलबारीकी ५९ वर्षीया लामु शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शेर्पाले गाँजा बिक्री गर्दै गरेको सूचना पाएपछि बसाह प्रहरी चौकीबाट गएको प्रहरी टोलीले आइतवार राती करिब ८ बजे घरबाटै उनलाई पक्राउ गरेको हो । उनको साथबाट १ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी बेल्टार इला...
सप्तरीमा टायर पड्किएर माइक्रो दुर्घटना हुँदा झापाकी अमृताको मृत्यु, १३ घाइते

सप्तरीमा टायर पड्किएर माइक्रो दुर्घटना हुँदा झापाकी अमृताको मृत्यु, १३ घाइते

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ मा आज माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख २३१० नम्बरको माइक्रोबस गुडिरहेका बेला पछाडिको टायर पड्किएर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी झापाको कन्काई नगरपालिका–८ की ५२ बर्षीया अमृता ओलीको मृत्यु भएको हो । दुर्घटन...
मुलघाटको जङ्गलमा झुण्डिएको अवस्थामा भेटिए बस्नेत

मुलघाटको जङ्गलमा झुण्डिएको अवस्थामा भेटिए बस्नेत

धनकुटा । धनकुटा नगरपालिका–९ मुलघाट नजिक जङ्गलमा आज दिउँसो एक व्यक्ति रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मोरङको सुनबर्षी नगरपालिका–३ का ३६ वर्षीय मिनकुमार बस्नेत दिउँसो करिब ३ बजे सडक नजिक रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनले आफै रुखमा झुन्डिएर आत्महत्या गरेको अनुमान गरिएपनि आत्महत्या वा हत्या के हो भन्ने यकिन भइसकेको छैन । मोरङको सुनबर्षी घर भएका बस्नेत आत्महत्या गर्न किन...
धनकुटामा मिनिट्रक दुर्घटना

धनकुटामा मिनिट्रक दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–६ गोठगाउँस्थित कोशी राजमार्गमा गएराती मिनिट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी ट्रकका सहचालक गम्भीर घाइते भएका छन् । धनकुटाबाट धरानतर्फ जादै गरेको प्र १–०२–००१ख ९४८९ नम्बरको मिनिट्रक राती करिब १ बजे सडक छेउमा पल्टिएको हो । दुर्घटनामा परी मिनिट्रकका सहचालक धनकुटाको महालक्ष्मी नगरपालिका–९ का १७ वर्षीय निरज खड्का गम्भीर घाइते भएका हुन् । उनको वांया खुट्टामा गम्भीर चोट ला...
धरान-इटहरी सडक निर्माण सुस्त, बढ्दै सवारी दुर्घटना

धरान-इटहरी सडक निर्माण सुस्त, बढ्दै सवारी दुर्घटना

धरान । कोशी राजमार्ग अन्तर्गत धरान–इटहरी सडक निर्माणमा ढिलासुस्ती हुँदा दुर्घटना बढ्न थालेको छ । धरानको तीनकुनेदेखि तरहरासम्मको १० किलोमिटर ६ लेनको सडक निर्माण सुस्त भएपछि पछिल्लो समय दुर्घटना बढ्दै गएको हो । ट्राफिक प्रहरीको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा यहाँ ४१ वटा दुर्घटना भएका छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर अवस्थामा छन् । त्यस्तै अन्य ६३ जना सामान्य घाइते भएका छन...
अपरिचित व्यक्तिलाई फेसबुकमा साथी बनाएपछि…

अपरिचित व्यक्तिलाई फेसबुकमा साथी बनाएपछि…

काठमाडौं । केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी पर्‍यो। आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै पीडित महिलाले उजुरी दर्ता गरेको थिइन्। फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै ‘फ्रेण्ड रिक्वेस्ट’ आयो। चिनजान नभएको व्यक्तिले पठाएको उक्त रिक्वेस्टलाई महिलाले सहजै स्वीकार गरिन्। उनीहरु फेसबुकमा साथी बने। कुरा हुँदै गएपछि उन...
२०७९ भदौ ६ गते सोमबारको राशिफल

२०७९ भदौ ६ गते सोमबारको राशिफल

ई.सं. २०२२ अगस्ट २२ नेपाल सम्बत ११४२ गंलागा एकादशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन बर्षा ऋतु, भदौ कृष्ण एकादशी पक्ष एकादशी तिथी, चन्द्रमा मिथुन राशिमा, मृगशिरा नक्षत्र, वज्र योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः३८बजे, सूर्यास्त साँझ ६:३५ बजे हुनेछ । आज जन्म लिने बच्चाका मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि...
यही कार्यकालमा प्रदेश १ ले नाम पाउने सम्भावना छैन: नेता कार्की

यही कार्यकालमा प्रदेश १ ले नाम पाउने सम्भावना छैन: नेता कार्की

झापा । नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले प्रदेश सभाको यो कार्यकालमा १ नम्बर प्रदेशको नामकरण सम्भव नभएको बताएका छन् । दमकमा आज सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता कार्कीले प्रदेश सरकारले चासो नदेखाएकाले प्रदेशको नामकरणको सम्भावना टर्दै गएको बताएका हुन् । मुख्यमन्त्री राजेन्द्र राईको अभिव्यक्तिका कारणले पनि प्रदेशको नामकरणमा सहमतिको सम्भावना पर धकेलिएको उनले बताए । मुख्यमन्त्रीको अ...
धनकुटाबाट पठाइयो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

धनकुटाबाट पठाइयो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

धनकुटा । नागरिकता विधेयक र संक्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयक संशोधनको माग गर्दै राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च धनकुटाले प्रधानमन्त्री र सभामुखलाई आज ज्ञापनपत्र पठाएको छ । नागरिकता विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने, संक्रमणकालीन न्यायको व्यवस्था गर्न बनेको विधेयक संशोधन वा खारेजी गर्नुपर्ने, निहारीका राजपुतले मागेको न्यायको सम्बोधन हुनुपर्ने, मानव अधिकारको रक्षा र बढ्दो महँ...
नेता गिरीको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

नेता गिरीको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले नेता प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गर्दै तीन दिन पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले नेता गिरिको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति...
खोटाङमा ६ बर्षपछि फोडियो कार्यालयको ताला, सबै उपकरण काम नलाग्ने अवस्थामा

खोटाङमा ६ बर्षपछि फोडियो कार्यालयको ताला, सबै उपकरण काम नलाग्ने अवस्थामा

खोटाङ । महिला तथा बालबालिका कार्यालय खोटाङको ताला ६ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि लगाइएको ताला ६ वर्षपछि फोडिएको हो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन् । कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याकप, टिभी र काठबाट बनेका टेबल, कुर्सी, द...
भन्सारको नाम देखाउँदै ह्वाट्स एपबाट ठग्दै

भन्सारको नाम देखाउँदै ह्वाट्स एपबाट ठग्दै

काठमाडौं । झट्ट हेर्दा सरकारी कर बिजकजस्तै देखिने गरी सार्वजनिक बिदाकै दिन शुक्रबार एउटा बिल जारी भयो । भन्सार विभागको लोगो र नाम अङ्कित उक्त बिजकमा २५६ जीबीको आइफोन प्रो म्याक्स, एप्पल वाच र एयरपोड्स प्रो छुटाउन १८ हजार रुपियाँ भन्सार शुल्क बुझाउनुपर्ने उल्लेख थियो । प्रीति महर्जनको नाममा काटिएको उक्त बिजकको तलतिर आश्चर्यलाग्दा सर्त राखिएको थियो । यसमा सामान घरमा पुग्नुअघि २४ घण्टाभित्र उल्लिख...
error: Content is protected !!