डा.शर्माद्वारा सञ्चालित एम्बुलेन्स क्याम्पबाट साउनमा १५ हजार बिरामीले पाए निःशुल्क उपचार
विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सञ्चालन गराएको एम्बुलेन्स क्याम्पबाट गत साउन महिनामा मोरङको क्षेत्र नं.३ का १५ हजार भन्दा बढी बिरामी लाभान्वित भएका छन् । क्षेत्र नं.३ मा पर्ने बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीमा सञ्चालित एम्बुलेन्स क्याम्पबाट साउन महिनाभरमा १५ हजार २ सय ५० बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।
सो अवधिमा २...
























