कांग्रेस नेता कार्कीको स्वीकारोक्तिः पार्टीभित्र एकता छैन, समस्या भयो
धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कांग्रेस पार्टीभित्र एकता नहुँदा समस्या भएको बताएका छन् । सोमबार नेपाली कांग्रेस धनकुटाले गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कार्कीले यस्तो बताएका हुन् ।
नेता कार्कीले कांग्रेसमा एकता नहुँदा कांग्रेसजनमा मात्रै नभइ देशमै समस्या भइरहेको बताए । उनले, कांग्रेस देशको सबैभन्दा ठूलो शक्ति र जिम्मेवार दल भएका...































