Rabin Katel

धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कांग्रेस पार्टीभित्र एकता नहुँदा समस्या भएको बताएका छन् । सोमबार नेपाली कांग्रेस धनकुटाले गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कार्कीले यस्तो बताएका हुन् ।

Advertisement

नेता कार्कीले कांग्रेसमा एकता नहुँदा कांग्रेसजनमा मात्रै नभइ देशमै समस्या भइरहेको बताए । उनले, कांग्रेस देशको सबैभन्दा ठूलो शक्ति र जिम्मेवार दल भएकाले देश विकासका लागि पनि कांग्रेसभित्र एकताको खाँचो औँल्याए । 

फरक प्रसङ्गमा उनले केही शक्ति राजतन्त्र फर्काउँन लागिपरेको भएपनि नेपालमा अब राजतन्त्र नफर्किने दावी गरे । संविधानको रक्षाका लागि गठबन्धन बनेको बताउँदै उनले यो गठबन्धनले पाँच वर्षसम्म निरन्तरता पाउने धारणा राखे ।

कांग्रेसले नेतृत्व गरेका स्थानीय तहमा अनुभूति हुने गरी काम गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

राष्ट्रियसभा निर्वाचनका लागि नेता कार्की कार्यकर्ताहरूसँग भेटघाट गर्न सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा हुँदै धनकुटा आइपुगेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement