सामुदायिक विद्यालयमा विराटनगरको पोखरिया उत्कृष्ट
विराटनगर । माध्यमिक शिक्षा परीक्षाको नतिजाका आधारमा विराटनगरको पोखरिया माध्यमिक विद्यालय पहिलो स्थानमा छानिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पोखरिया मावि देशभरबाट पहिलो बन्न सफल भएको हो ।
यसैगरी, विराटनगरको आदर्श माध्यमिक विद्यालय उक्त सूचीको उत्कृष्ट १५ मा पर्न सफल भएको छ । कम्तीमा १ सयभन्दा बढी विद्यार्थी सहभागी गराएर ३० प्रतिशतभन्दा बढी विद्य...




























