भेडेटारबाट १५ किलो गाँजासहित एक जना पक्राउ
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट गाँजासहित एक जना पक्राउ परेका छन् । आज बिहान ११ः५० बजे इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले चेकजाँचका क्रममा सहिदभूमि गाउँपालिका-७ का ३२ वर्षीय चिरञ्जीवी राईलाई पक्राउ गरेको हो ।
उनी खाँदबारीबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ३८०४ नम्बरको बसमा जेब्रा झोलासहित गुठीटारबाट चढेका थिए ।
बसको सिटमुनि राखिएको झोला चेकजाँच गर्दा १५ किलो गाँजा भेट...




























