लोपोन्मुख रेडपान्डा भोजपुरमा भेटिएपछि थालियो संरक्षण अभियान
भोजपुर । भोजपुरमा लोपोन्मुख हाब्रे ‘रेडपान्डा’ संरक्षण अभियान थालिएको छ । विश्वमै दुर्लभ मानिने रेडपान्डा भोजपुरमा भेटिन थालेपछी टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकामा रेडपान्डा संरक्षण कार्यक्रम थालिएको हो ।
रेडपान्डा नेटवर्कसँगको समन्वयमा सामूहिक अभियानले टेम्केमैयुङ–१ र साल्पासिलिछो–५ मा रेडपाण्डा संरक्षण अभियान सुरु गरेको छ । टेम्केमैयुङको मुन्दुम पदमार्ग आसपास क्षेत्रको वनमा रे...































