महेन्द्र मोरङको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका यादव विजयी

महेन्द्र मोरङको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका यादव विजयी

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका प्रज्वल विष्टलाई ४३ मतान्तरले पराजित गर्दै यादव स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् । क्रान्तिकारीका यादवले १११८ मत ल्याएर निर्वाचित हुँदा नेविसंघका विष्टले १ हजार ७५ मत पाएका छन् । अनेरास्ववियुका अनि...
ताप्लेजुङमा लडेर एक पुरुषको मृत्यु

ताप्लेजुङमा लडेर एक पुरुषको मृत्यु

विराटनगर । ताप्लेजुङमा लडेर एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार आठराई गाउँपालिका-१ का ५७ वर्षीय सुरेन्द्र तामाङको आज दिउँसो मृत्यु भएको हो । बारीमा बालेको आगो एक्कासि ठूलो बलेर खुट्टामा पोलेपछि उनी भागेका थिए । भाग्ने क्रममा बारीको डिलबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी बारीको डिलबाट करिब ८ मिटर तल खसेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहे...
उदयपुरमा आगलागी हुँदा एक करोड बढीको क्षति

उदयपुरमा आगलागी हुँदा एक करोड बढीको क्षति

विराटनगर । उदयपुरमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको छ । चौदण्डीगढी नगरपालिका-७ मा मङ्गलबार दिउँसो भएको आगलागीबाट एक करोड २२ लाख बराबरको क्षति भएको हो । शरण कुमार राईको घरबाट विद्युत सर्ट भएर लागेको आगोले छिमेकी सर्वधन राई र कालुमान राईको घर समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै अन्य चार घरमा समेत आंशिक क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले स्थान...
उर्लाबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

उर्लाबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । महेन्द्र राजमार्गअन्तर्गत उर्लाबारी-३ मङ्गलबारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा उर्लाबारी-८ का २८ वर्षीय मनिष लिम्बुको मृत्यु भएको हो । गएराति निर्माणाधीन कल्भर्टमा स्कुटर ठोक्किँदा लिम्बु घाइते भएका थिए । दुर्घटना लगत्तै उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवेल अस्पताल विराटनगर ल्याइएको थियो । उनको उपचारका क्रममा...
धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित दुई जना पक्राउ

विराटनगर । धनकुटाबाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । धनकुटा नगरपालिका-७ जिरोपोइन्टबाट २१ वर्षीय रविन राई र १८ वर्षीय रोशन मल्लिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले ट्रामोल दुई सय पाँच क्याप्सुल, स्पास्मो एक सय २५ चक्की र डिकोलिक ५...
जीवन विकास लघुवित्त उर्लाबारीका शाखा प्रमुख कार्यालयमा मृत फेला

जीवन विकास लघुवित्त उर्लाबारीका शाखा प्रमुख कार्यालयमा मृत फेला

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था उर्लाबारीका शाखा प्रमुख मृत फेला परेका छन् । मोरङको झुर्किया घर भएका ३२ वर्षीय भुपेन्द्रकुमार साह कार्यालयमा नै मृत फेला परेका हुन् । उनी मंसिर २ गतेदेखि उर्लाबारी शाखामा प्रमुखको रूपमा कार्यरत थिए । आज बिहान कार्यालय खुल्ने समयमा कर्मचारीले नदेखिएपछि खोजी गर्ने क्रममा  झुण्डिएको अवस्थामा भेटेका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरीको टोल...
प्राज्ञिक विद्यार्थी परिषद् कोशीको अध्यक्षमा राउत र सचिवमा ताजपुरिया निर्वाचित

प्राज्ञिक विद्यार्थी परिषद् कोशीको अध्यक्षमा राउत र सचिवमा ताजपुरिया निर्वाचित

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको कोशी प्रदेश अध्यक्षमा इन्द्रराज राउत निर्वाचित भएका छन् । चितवनको भरतपुरमा भएको दशौं राष्ट्रिय अधिवेशनसँगै भएको पाँचौँ प्रदेश अधिवेशनबाट रावत सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । प्रदेश उपाध्यक्षमा रत्न श्रेष्ठ, युवराज गुरागाईं, फुरी शेर्पा र प्रदिप खतिवडा निर्वाचित भए । यसैगरी प्रदेश छात्रा प्रमुखमा कुसुम पौडेल, सह-छात्रा प्रमुखमा भावना गुरुङ...
विराटनगरमा आगलागीबाट चार घर जलेर नष्ट

विराटनगरमा आगलागीबाट चार घर जलेर नष्ट

विराटनगर । विराटनगर महानगरपालिका–१, भट्टाचोक नजिक रहेको शंकर टोलमा आज आगलागी हुँदा चार वटा घर जलेर नष्ट भएका छन् । आगोले स्थानीय अनवर अन्सारी, असरफ अन्सारी, अप्सर अन्सारी र सन्तोष कामतको घर जलेर नष्ट भएको हो । चार वटै घर टिनको छानो भएका एक तले हुन् । दिउँसो करिब ४ बजेबाट आगलागी सुरु भएको थियो । दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले करिब एक घण्टा लगाएर आगो नियन्त्रण गरेको मोरङका प्रहरी प्रवक...
भोजपुरमा भीषण आगलागी, ७ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

भोजपुरमा भीषण आगलागी, ७ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

भोजपुर । भोजपुर नगरपालिका-१२ स्थित पारपानेमा भीषण आगलागी भएको छ । स्थानीय इनामे सामुदायिक बनबाट सुरु भएको आगोले आसपास क्षेत्रको बस्तीका ७ वटा घर जलेर नष्ट भएका छन् । आगोले स्थानीय कालीदास चापागाईँ, सोवित श्रेष्ठ, गोपिकृष्ण धमला, गोविन्द चापागाईँ, रुद्रप्रसाद ढकाल, गोमा दमाइ र रामबहादुर कार्कीको घर जलेर नष्ट भएको छ । बिहान करिब ९ बजेबाट सुरु भएको आगो अपरान्हसम्म पनि नियन्त्रण हुन नसकेको भोजपुरक...
एमाले र कांग्रेसका कारण राजावादीहरू सलबलाए: नेता श्रेष्ठ

एमाले र कांग्रेसका कारण राजावादीहरू सलबलाए: नेता श्रेष्ठ

धनकुटा । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले र कांग्रेसका कारण देशमा प्रतिगामी तत्वहरु मैलाएको आरोप लगाएका छन् । माओवादी केन्द्र धनकुटा नगरको दोस्रो अधिवेशन तथा प्रशिक्षण उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । गणतन्त्र ल्याउन माओवादीले ठूलो भूमिका खेलेको दावी गर्दै उनले अहिले राजावादीहरू सल्बलाउने अवस्था सृजना हुनुमा सत्ताधारी...
भोजपुरका आचार्यले बाटोमा भेटेको ५ लाख ५० हजारको सिक्री फिर्ता दिए

भोजपुरका आचार्यले बाटोमा भेटेको ५ लाख ५० हजारको सिक्री फिर्ता दिए

भोजपुर । भोजपुरका एक व्यक्तिले बाटोमा भेटेको ५ लाख ५० हजार मूल्य बराबरको सुनको सिक्री सम्बन्धित धनीलाई फिर्ता दिएका छन् । भोजपुर नगरपालिका–१२, टक्सार पारपानीका नवराज आचार्यले बाटोमा भेटेको ३ तोला २ आनाको सुनको सिक्री सम्बन्धित धनी प्रकाश राईलाई फिर्ता दिएका हुन् । सिक्री हराएपछि प्रकाशको परिवार पीडामा थियो । छिमेकी आचार्यले सिक्री भेटेर दिएपछि उनीहरु हर्षित भएका छन् । सिक्री फिर्ता गर्ने आचार्य...
पाथीभरामा फागुनमा १३ लाख भेटी सङ्कलन

पाथीभरामा फागुनमा १३ लाख भेटी सङ्कलन

ताप्लेजुङ । पूर्वी नेपालको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा गत फागुन महिनामा १३ लाख भन्दा बढी भेटी सङ्कलन भएको छ । मन्दिर दर्शन गर्न आएका भक्तजनबाट १३ लाख ३ हजार ५ सय रुपैयाँ भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । फागुन महिनामा पाथीभरा दर्शन गर्न आएका ७ हजार ४ सय २८ जना भक्तजनहरूबाट भेटी सङ्कलन भएको हो । यसअघि माघ महिनामा पाथीभरामा २४ लाख १ हजार ५ सय रुपैयाँ...
मोरङको बुढीगङ्गामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

मोरङको बुढीगङ्गामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका–३ स्थित कोशी राजमार्गमा गएराती एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गंगा चोकबाट नेमुवातर्फ जाँदै गरेको मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स राती करिब ११ बजे महालक्ष्मी वायर नजिक सडकको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा एम्बुलेन्स चालक उदयपुरको पञ्चवती घर भइ बुढीगङ्गा-२ बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भए...
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा विराटनगरका चौधरीको मृत्यु

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा विराटनगरका चौधरीको मृत्यु

सुनसरी । इटहरीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०२-०४८प ३८७० नम्बरको मोटसाइकल अनियन्त्रित भएर इटहरी-१२ मा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक विराटनगर १० का २४ वर्षीय पुरन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक चौधरी र पछाडि सवार उदयपुरको कटारी-२ की २८ वर्षीया उमा सुनुवार घाइते भएका थिए ।...
धनकुटामा कुटपिट गरेर एक जनाको हत्या, श्रीमतीसहित पाँच जना पक्राउ

धनकुटामा कुटपिट गरेर एक जनाको हत्या, श्रीमतीसहित पाँच जना पक्राउ

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-२, स्थित गुरुङ टोलमा कुटपिट गरेर एक जनाको हत्या गरिएको छ । श्रीमतीसहित स्थानीय युवाहरूको समूहले कुटपिट गर्दा ३८ वर्षीय खेमबहादुर दर्लामी मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार बिहीबार बिहान करिब ७ः३० बजे घरबाट करिब ५ सय मिटर टाढा मगर मृत फेला परेका थिए । उनको घाँटीमा डामसहित शरीरका विभिन्न भागमा चोटपटक थियो । घटनाको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले उन...
मर्यादित भएर होली मनाउन मेयर कोइरालाको आग्रह

मर्यादित भएर होली मनाउन मेयर कोइरालाको आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाले होली पर्वका अवसरमा शुभकामना आदान-प्रदान गरेको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरू सहभागि थिए । मेयर कोइरालाले होली मर्यादित र विकृतिरहित तवरबाट मनाउनुपर्नेमा जोड दिए  । होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने मेयर कोइरालाको भन...
धनकुटामा हर्षोल्लासका साथ मनाइयो होली (फोटो फिचर)

धनकुटामा हर्षोल्लासका साथ मनाइयो होली (फोटो फिचर)

धनकुटा । धनकुटामा हर्षोल्लासका साथ फागु पूर्णिमा अर्थात होली पर्व मनाइएको छ । आज बिहानैदेखि विभिन्न कार्यक्रमको आयोजना गरेर होली मनाइएको हो । हाम्रो बहुमुखी पाठशाला, सिटी जेसिस र भीमसेन थानमा बौद्धिक विकास समाजको आयोजनामा होली मिलन कार्यक्रम आयोजना गरिएको छ । विभिन्न चौकमा होली विशेष सांस्कृतिक कार्यक्रमसँगै शुभकामना आदान-प्रदान भइरहेको छ । धनकुटाको एभोकाडो पार्क, मदन चोक लगायतका स्थानमा व...
हाजिरी जवाफ प्रतियोगितामा पोखरिया र ग्रिनल्याण्ड प्रथम 

हाजिरी जवाफ प्रतियोगितामा पोखरिया र ग्रिनल्याण्ड प्रथम 

विराटनगर । अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालय र ग्रिनल्याण्ड इङ्ग्लिस स्कुल प्रथम भएका छन् । आधारभूत तहतर्फ ३२ वटा विद्यालयलाई पछि पार्दै पोखरिया र प्राथमिक तहतर्फ १६ वटा विद्यालयलाई पछि पार्दै ग्रिनल्याण्ड प्रथम भएका हुन् । विद्यार्थीहरूको चौतर्फी क्षमता विकास गर्ने उद्देश्यले भएको प्रतियोगितामा आधारभूत तहतर्फ मदननगर आधारभूत विद्यालय द्वितीय, सत्यनारायण म...
होलीले शान्ति, समृद्धि र एकताको मार्गमा अघि बढ्न प्रेरित गरोस् : सभामुख विष्ट 

होलीले शान्ति, समृद्धि र एकताको मार्गमा अघि बढ्न प्रेरित गरोस् : सभामुख विष्ट 

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले होलीले शान्ति, समृद्धि र एकताको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । होलीको शुभकामना सन्देश जारी गर्दै सभामुख विष्टले यस पर्वले हाम्रो जीवनमा नयाँ उमङ्ग र ऊर्जा ल्याउने विश्वास गरेका छन् । आज हिमाली र पहाडी जिल्लाहरूमा होली मनाइँदै छ भने भोलि तराइका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ । एकताको पर्वको रूपम...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । मोरङ, झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् । मोरङको विराटनगर महानगरपालिका-५ बाट ब्राउन सुगर २ ग्राम ७९० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को २३ प ४१ नम्बरको स्कुटरमा सवार ...
थ्री स्टारले जित्यो विराट गोल्डकपको उपाधि

थ्री स्टारले जित्यो विराट गोल्डकपको उपाधि

विराटनगर । थ्रीस्टार क्लबले ९  औं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । विराटनगरको सहिद रङ्गशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो । थ्री स्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठले खेल सुरु भएको पाँचौँ मिनेट र दिपेश घलेले ६३ औं मिनेटमा गोल गरे । उपाधिसँगै थ्री स्टारले नगद ११ लाखसहित ...
अरनिको कलेजले जित्यो हिसान कोशी प्रदेश अन्तर क्रिकेटको उपाधि 

अरनिको कलेजले जित्यो हिसान कोशी प्रदेश अन्तर क्रिकेटको उपाधि 

विराटनगर  । कोशी प्रदेश स्तरीय अन्तर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर स्थित अरनिको कलेजले जितेको छ । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा भएको प्रतियोगितामा ग्रिनल्याण्ड कलेजलाई ६४ रनले पराजित गर्दै अरनिकोले उपाधि जितेको हो । अरनिकोले गतमाघ १५ गते विराटनगरमा सम्पन्न भएको मोरङ हिसान क्रिकेट प्रतियोगिताको फाइनलमा ग्रिनल्याण्ड कलेजलाई नै पराजित गरि उपाधि जितेको थियो । विराटनगरको बैजन...
कोशी प्रदेशबाट एसइईमा ९० हजार परीक्षार्थी सहभागि हुँदै

कोशी प्रदेशबाट एसइईमा ९० हजार परीक्षार्थी सहभागि हुँदै

विराटनगर । कोशी प्रदेशका १४ वटै जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा करिब ९० हजार परीक्षार्थी सहभागि हुने भएका छन् । सामाजिक विकास मन्त्रालय कोशी प्रदेशले आज विराटनगर पत्रकार सम्मेलन गर्दै परीक्षामा सहभागि हुने परिक्षार्थी र तयारीका विषयमा जानकारी गराएको हो । मन्त्रालयका अनुसार साधारण र प्राविधिक धार तथा खुल्लासहित १४ जिल्लाबाट ८० हजार नौ सय ३४ जना परीक्षार्थी सहभागि हुनेछन् । जसमध्ये मो...
महेन्द्र मोरङमा स्ववियु निर्वाचनको विषयमा विवाद हुँदा नेविसङ्घद्वारा आगजनी र तालाबन्दी

महेन्द्र मोरङमा स्ववियु निर्वाचनको विषयमा विवाद हुँदा नेविसङ्घद्वारा आगजनी र तालाबन्दी

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयमा विवाद हुँदा नेपाल विद्यार्थी सङ्घले आगजनी गरेको छ । आज डाक्टर शेखर कोइराला समूहले निर्वाचन कार्यालयमा आगजनी गरेर तालाबन्दी गरेको हो । आगजनीबाट कार्यालयका केही कागजात जलेका छन् भने प्रहरीले ताला फोडेको छ । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घबाट संस्थापन पक्षबाट प्रज्वल विष्ट ...
ताप्लेजुङमा समूह गठन गरि सामूहिक मकैखेती 

ताप्लेजुङमा समूह गठन गरि सामूहिक मकैखेती 

विराटनगर । ताप्लेजुङका किसानले सामूहिक मकैखेती सुरु गरेका छन् । कृषक समूह गठन गरेर १२ परिवारले एक सय ४० रोपनी क्षेत्रफलमा मकैखेती गरिरहेका छन् । परम्परागत खेतीलाई विस्थापित गर्दै समूह बनाएर आधुनिक खेतीतर्फ कृषक आकर्षित भएका हुन् । प्रत्येक कृषकले आफ्नो इच्छा अनुसार फरक-फरक बाली लगाउँदै आएकामा अब भने सामूहिक तर्फ आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले मकै जो...
साँगुरीगढीको स्थापना दिवसमा दुई दर्जन बढी सम्मानित

साँगुरीगढीको स्थापना दिवसमा दुई दर्जन बढी सम्मानित

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले नवौं स्थापना दिवस मनाएको छ । ‘कृषि पर्यटन र पूर्वाधार, साँगुरीगढी समृद्धिको आधार’ भन्ने मूल नाराका साथ मङ्गलबार गाउँपालिकाले स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई गरिएको छ । पालिकाले सेवा निवृत्त १६ जना शिक्षकसँगै एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको हो । यसैगरी वडा नम्बर...
धनपालथानमा अस्पताल निर्माणको काम रोकेर पुनः शिलान्यासको तयारी

धनपालथानमा अस्पताल निर्माणको काम रोकेर पुनः शिलान्यासको तयारी

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-५ बबिया टोलमा २०७८ सालमा शिलान्यास भएर निर्माण सुरु भएको अस्पतालको पुनः शिलान्यास गर्ने तयारी गरिएपछि विरोध सुरु भएको छ । २०८० फागुनमा सम्झौता भएर निर्माण कार्य सुरु भएको १५ शैय्याको अस्पताल निर्माणको काम एक महिनादेखि रोकेर पुनः शिलान्यास गर्ने तयारी गरिएको हो । जसका कारण जनप्रतिनिधिहरूबीचको विवाद उत्कर्षमा पुगेको छ । धनपालथान गाउँपालिका अध्यक्ष जिबछप्रसाद...
धनकुटा क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका तिम्सिना सर्वसम्मत

धनकुटा क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका तिम्सिना सर्वसम्मत

धनकुटा । स्वतन्त्र विद्यार्थी युनियन धनकुटा बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका युवा तिम्सिना सर्वसम्मत भएका छन् । सहमतिपछि एकल उम्मेद्वारी परेका कारण तिम्सिना स्ववियु अध्यक्षमा निर्वाचित हुने निश्चित भएको हो । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेद्वारी मनोनयन दर्ताको समय तोकिएको थियो । संगठनहरुवीचको सहमतिपछि धनकुटा क्याम्पसको स्ववियुमा अध्यक्षसहित सबै पदमा एकल उम्मेद्वारी पर...
विराटनगरमा पानीको शुद्धिकरण माग गर्दै वडा कार्यालय घेराउ

विराटनगरमा पानीको शुद्धिकरण माग गर्दै वडा कार्यालय घेराउ

विराटनगर । विराटनगर-४ का स्थानीयले धारामा धमिलो र लेदो पानी आउने समस्या समाधान नभएको भन्दै वडा कार्यालय घेराउ गरेका छन् । लामो समयदेखि लेदोसहितको धमिलो पानी आइरहेको र बारम्बार ध्यानाकर्षण गराउँदा पनि समाधान नभएको भन्दै आज वडा कार्यालय घेराउ गरेका हुन् । धारामा आएको लेदोसहितको धमिलो पानी लिएर स्थानीय वडा कार्यालय घेराउ गर्न पुगेका छन् । उनीहरूले ‘शुद्धिकरण गरेको खानेपानी वितरण गर, नागरिकलाई व...
कोशीमा चाँडो गरिबी निवारण गर्न सकिन्छ : प्रधानमन्त्री ओली 

कोशीमा चाँडो गरिबी निवारण गर्न सकिन्छ : प्रधानमन्त्री ओली 

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि नभएका काम केही वर्षमा भएका बताएका छन् । आज कोशी प्रदेशसभालाई सम्बोधन गर्दै उनले साधारण मात्र नभएर असाधारण काम गरेको बताएका हुन् । ‘विकास निर्माणका काममा हामीले दूरगामी दृष्टि प्रस्तुत गरेका छौँ’, ओलीले भने, ‘नेपाली जनताको आकाङ्क्षा सुखी नेपाली र समृद्ध नेपाल हो । सिङ्गै नेपाललाई सुशासन र समृद्ध बनाउनु पर्छ र सिङ्गो नेपालीलाई सुखी नेपाली बना...
मोरङको लेटाङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङको लेटाङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

विराटनगर । मोरङको लेटाङमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार माछा मार्न भनेर निस्किएका लेटाङ नगरपालिका-९ बाह्रकोठेका ४२ वर्षीय मनबहादुर लिम्बुको मृत्यु भएको हो । बिहान ८ बजे घरबाट निक्लिएका लिम्बु घर नफर्किएपछि आफन्त र परिवारले खोजी सुरु गरेका थिए । मोरङ प्रहरीका अनुसार घरदेखि करिब ५ किलोमिटर दक्षिणमा रहेको जङ्गलमा राति ९ बजेतिर उनलाई मृत अवस्थामा फेला पारिएको थियो । घटन...
error: Content is protected !!