विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट छान्यो तीन खेलाडी
विराटनगर । विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट तीन जना खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका पाँच जिल्लामा भएको ट्यालेन्ट हन्टबाट छानिएका तीन खेलाडीको नाम आज सार्वजनिक गरिएको हो ।
‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको विराटनगर किंग्सले जनाएको छ । अब अन्तिम चरणको छनोट हुनेछ । जसमध्ये एक जनाले नेपाल प्रिमियर लिग (एनपिएल) मा प्रतिनिधित्व गर्न पाउनेछन् ।
विराटनगरको ...



























