घर-घरमै पुगेर ज्येष्ठ नागरिकलाई सम्मान
बेलबारी । मोरङको बेलबारी नगरपालिकाले जेष्ठ नागरिकहरुलाई घर-घरमै पुगेर सम्मान गर्न थालेको छ । ९० बर्ष भन्दा बढि उमेरका जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गर्न थालिएको हो ।
बेलबारी २ नम्बर वडाबाट सम्मान थालिएको छ । घर-घरमै पुगेर जेष्ठ नागरिकहरुलाई व्लाङ्केट, सुइटर लगायत सामाग्री दिएर सम्मान गर्न थालिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । सवै वडामा पुगेर जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने सुवेदीको...































