- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको उत्तरी क्षेत्रमा बिहिबार भारी हिमपात भएको छ । जिल्लाको नुनथला, चित्रे लगायत क्षेत्रमा हिमपात भएको हो । सो क्षेत्रमा करिब एक फिट हिउँ जमेको सिधुवाका स्थानीय सुमन पौडेलले जानकारी दिए । पौडेलका अनुसार सुरुमा सामान्य असिनासहित पानी परेको थियो । पछि हिमपात भएको हो ।

Advertisement

हिमपातका कारण सो क्षेत्रको जनजीवन प्रभावित भएको छ । नुनथला–चित्रे खण्डमा हिउँले सडक ढाक्दा दिउँसो करिब १ घण्टा सडक अवरुद्ध बन्यो । हिउँले सडक पुरिएपछि दिउँसो करिब ३ बजेदेखि झण्डै एक घण्टा कोशी राजमार्गको सिधुवा बसन्तपुर सडकखण्ड अवरुद्ध बनेको पौडेलले जानकारी दिए । ‘नुनथला र चित्रेबीचको सडकमा झण्डै एक फिट हिउँ जमेको थियो,’ पौडेलले भने ‘हिउँले रोड ढाक्दा झण्डै एक घण्टा गाडी आवतजावत रोकियो, पछि हिउँ अलिक कम भएपछि गाडी चल्न थालेका छन् ।’

दिउँसो करिब २ बजेबाट असिनासहित पानी परेको थियो । त्यसपछि हिमपात भएको हो । साँझसम्म पनि सो क्षेत्रमा हिउँ नसुकेको स्थानीयबासीले बताएका छन् । तेह्रथुम र संखुवासभाका उत्तरी क्षेत्रमा पनि हिमपात भएको छ । धनकुटाका अन्य क्षेत्रमा पनि दिउँसो असिना पानी परेको छ ।

थप तस्वीर हेर्नुहोस्..

तस्वीर सौजन्य : सुमन पौडेल

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!