- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–३ निगालेका बिरामी जगन्नाथ प्रधानको उपचारका लागि सहयोग रकम संकलन गरी प्रदान गरिएको छ । बिभिन्न व्यक्तिबाट ३ लाख ४३ हजार १ सय ५५ रुपैयाँ संकलन गरेर बिरामी प्रधानलाई हस्तान्तरण गरिएको हो ।

Advertisement

संकलित रकम धनकुटा नगरपालिका वडा नं.३ का वडाध्यक्ष बिकास घिमिरे र समाजसेवी कुमार श्रेष्ठले विरामी प्रधानलाई हस्तान्तरण गरेका छन् । विगत केही महिनादेखि प्रधानको शरिरभरी घाउ खटिरा आएको छ । भएको सम्पत्ती उपचार गर्दागर्दै सकिएर थप उपचार गर्ने पैसा अभाव भएपछि सहयोग संकलन अभियान चलाएर रकम जुटाइएको वडाध्यक्ष घिमिरेले जानकारी दिए ।

वडाध्यक्ष घिमिरे, कुमार श्रेष्ठ, कृष्ण वाग्ले, इन्दु सुब्बा, अनिता लिम्बु, माया आङ्बुहाङ, खुसी राई, चन्द्रकला राया, दुर्गा न्यौपाने, गौतम थापा, बिपलब श्रेष्ठ, प्रकाश छेत्री, आक्रिती भण्डारी, सुरेश लिम्बु लगायतले अभियान सञ्चालन गरेर सहयोग रकम जुटाएका हुन् ।

नेपालसहित हङकड, अमेरिका, सिङ्गापुर लगायत देशमा रहेका ९४ जना नेपालीहरुबाट रकम संकलन गरिएको हो । करिब डेढ महिनाअघिदेखि सञ्चालन भएको सहयोग संकलन अभियानमा प्रतिव्यक्ति ५ सयदेखि ११ हजारसम्म सहयोग रकम प्राप्त भएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!