धनकुटाका नेता मादेन र खतिवडाले अस्वीकार गरे बामदेव पक्षले दिएको पद
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाका नेता उठान मादेन र पुन्यप्रसाद खतिवडाले पार्टी उपाध्यक्ष बामदेव गौतम समूहले दिएको पद अस्वीकार गरेका छन् । केपी ओली र प्रचण्ड–माधव समूहको विवादका कारण नेकपा फुटको संघारमा रहेका बेला उपाध्यक्ष गौतमले पार्टी एकताको नाममा अभियान चलाइरहेका छन् । सोही अभियानमा दिइएको जिम्मेवारी नेता मादेन र खतिवडाले अस्वीकार गरेका हुन् । दुवै जनाले पद अस्वीकार गरेको भन्...





























