संगालोखबर सम्वाददाता

धनकुटा । केपी ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले राजनैतिक अवस्था धमिल्याएर आफ्नो स्वार्थ पुरा गर्न खोज्नेहरुको स्वार्थ पुरा हुँन नदिने दावी गरेको छ । नेकपा धनकुटाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो दावी गरेका हुन् ।

Advertisement

आफ्नो स्वार्थ पुरा गर्न राजनैतिक अवस्था धमिल्याएर जनघाती र राष्ट्रघाती कदम चालिएको अरोप लगाउँदै यस्तो स्वार्थ पुरा हुँन नदिने दावी गरिएको हो । ‘हामी सर्वोच्चको फैसलाप्रति समर्थन गछौ । तर, फैसलाको दुरुपयोग गर्दै राजनैतिक स्थायित्व, स्थिर सरकार, स्वतन्त्र र आत्मानिर्भर अर्थतन्त्रसहितको समृद्ध राष्ट्र निर्माण हुँन नदिने मनसाय बोकेका एकथरी शक्तिहरुको उद्धेश्य पुरा भएको जस्तो देखिएपनि उनीहरुको यो देशमा राजनैतिक अवस्था धमिल्याएर आफ्नो स्वार्थ पुरा गर्ने जनघाती र राष्ट्रघाती कदमलाई पुरा हुन दिइनेछैन,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा सर्वोच्चको फैसलाबाट धनकुटेली जनतासहित पार्टीका सम्पूर्ण नेता कार्यकर्ता र आम पार्टी पङ्तीलाई विचलित नहुँन पनि आग्रह गरिएको छ । एक ढिक्का भई आफ्नो राजनैतिक, बैचारिक प्रतिवद्धताका साथ सम्पूर्ण पार्टी पङ्तीलाई सुदृढ बनाइ निरन्तर अघि बढ्न पनि पार्टी सम्बद्ध सवैलाई विज्ञप्तिमार्फत अपिल गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!