संगालोखबर सम्वाददाता


विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ मा गएराती ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क १०३५ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको को ३१ प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी स्कुटरमा सवार उर्लाबारी–८ सिसौलीका २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अर्को गाडीलाई ओभरटेक गरिरहेको ट्रकमा तीव्र गतिमा रहेको स्कुटर ठोक्किएर दुर्घटना भएको हो ।

Advertisement

ट्रक र चालक झापाको कमल गाउँपालिका–६ का ४३ वर्षीय भक्तबहादुर दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!