
धनकुटा । धनकुटामा बुधबार (आज) विद्युत अवरुद्ध हुँने भएको छ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुँने नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार दुहवीबाट धरान हुँदै धनकुटा आउँने ३३ केभी लाइनको दुहवी खनार सेक्सनमा कन्डक्टर अपग्रेडिङ्ग गर्नका लागि विराटनगर प्रादेशिक कार्यालयले ३३ केभी लाइन सटडाउन लिएको हुँनाले विद्युत अवरुद्ध हुँने भएको हो ।















