संगालोखबर सम्वाददाता

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूहले आज विराटनगरमा १ नम्बर प्रदेश स्तरीय सभा गर्दैछ । ओली पक्षिय नेकपा १ नम्बर प्रदेश कमिटीको आयोजनामा हुँने सभालाई नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम छ ।

Advertisement

नेकपा नेताहरु सुवास नेम्वाङ्ग, रामबहादुर थापा लगायतले पनि सभालाई संवोधन गर्नेछन् । विराटनगरको मुनालपथस्थित प्रदर्शनीस्थलमा बिहान ११ बजेदेखि सभा सुरु हुँने आयोजकले जनाएको छ ।

सभामा १ लाख भन्दा बढी मानिस उतार्ने आयोजकको दावी छ । सभाका लागि सुनसरी, झापा, धनकुटा, इलाम लगायत प्रदेश १ का बिभिन्न जिल्लाबाट नेकपा नेता कार्यकर्ता विराटनगर आउँदैछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!