- संगालोखबर सम्वाददाता

झापा । झापामा श्रीमतीको हत्या गरेको आरोपमा आज एक जना पक्राउ परेका छन् । श्रीमतीको हत्या आरोपमा दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविर सेक्टर डि.४ छाप्रा नम्बर ३९ का ५५ बर्षीय सरे राई पक्राउ परेका हुन् ।

बिहान करिव ५ बजे राईले मादक पदार्थ सेवन गरी ४९ बर्षीया श्रीमती बिष्णुमाया तामाङलाई कुटपिट गरी हत्या गरेको सूचनाका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक नगरपालिका–२ बाट राईलाई पक्राउ गरी घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!