संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङमा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बुढीगंगा–२ स्थित राजमार्गमा एम्बुलेन्सकले ठक्कर दिँदा ग्रामथान–२ की ४५ बर्षीया रम्वादेवी महतोको मृत्यु भएको हो ।

बुधबार दिउँसो करिव साढे २ बजे ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १–०२–००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स अनियन्त्रित भई रम्वादेवीलाई ठक्कर दिएको होे । ठक्करबाट गंभीर घाइते भएकी रम्वादेवीको बुढिगंगास्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान करिव १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

ट्रक, ट्रकका चालक नबिन खवास, एम्बुलेन्स र एम्बुलेन्स चालक घनश्याम कुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!