संगालोखबर सम्वाददाता

तेह्रथुम । तेह्रथुममा श्रीमतीको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छथर गाउँपालिका–१ का ५२ बर्षीय तेन्जे शेर्पा छन् ।

Advertisement

फागुन–३ गते सामान्य घरायशी विवादका क्रममा झगडा हुँदा कुटपिट गरेर ५६ बर्षीया श्रीमती छिरिङ डोमा शेर्पाको हत्या गरी तेन्जे फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको टोलीले झापाको काँकडभिट्टाबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शेर्पाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!