- संगालोखबर सम्वाददाता

धनकुटा । सोमबार धनकुटाका सडकमा देखिएको दृष्यले धेरैको ध्यान खिच्यो । सधै सवारी चालकसँग ‘कागजपत्र’ माग्ने र नियम उल्लंघन गर्नेलाई कारबाही गरि जरिवाना तिराउँने ट्राफिक प्रहरीको प्रस्तुती अनौठो थियो ।

ट्राफिक प्रहरीले गाडी रोकेर ‘कागजपत्र’ माग्ने हैन, चालकलाई नमस्कार गरेर विन्ति विसाइरहेका थिए । हर्न निषेध अभियानलाई प्रभावकारी बनाउँन ट्राफिक प्रहरीले प्रदेश १ का सबै जिल्लामा यो अभियान चलाएका हो ।

सडकमा गुडिरहेका सवारीलाई रोकेर ट्राफिक प्रहरीले चालकलाई नमस्कार गरी हर्न निषेध गरिएको स्मरण गराउँदै प्रेसर हर्न नबजाउँन चालकलाई आग्रह गरेका हुन् । धनकुटामा पनि गाडीहरुलाई रोकेर चालकलाई नमस्कार गर्दै हर्न नबजाउँन आग्रह गरिएको ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए ।

२०७४ असोज १ गतेबाट प्रदेश १ लाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । तर, घोषणाको प्रभावकारी कार्यान्वयन नभएपछि ट्राफिक प्रहरीले यस्तो अभियान चलाएको हो ।

थप तस्वीरहरु…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!