धनकुटाका २२ हजार बढीलाई कारोनाविरुद्धको खोप लगाइने
धनकुटा । धनकुटाका ५५ बर्ष माथि उमेर भएका २२ हजार बढीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने तयारी भएको छ । सरकारले तोकेबमोजिम ५५ बर्ष माथि उमेरका कूल २२ हजार ४ सय ९३ जनालाई आगामी २२ गतेबाट सुरु हुने खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
बुधबार स्वास्थ्य कार्यालयले धनकुटामा पत्रकार सम्मेलन गर्दै खोप अभियानमा जिल्लाका ७ वटै पालिकामा १ सय ७५ खोप केन्द्रबाट १ सय ७५ स्वास्थ्यकर्मी र ...






























