संगालोखबर सम्वाददाता

धनकुटा । प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेको खुशीयालीमा आज साँझ धनकुटामा दीप प्रज्वलन गरिएको छ । धनकुटाको मदनचौकमा दीपावली गरेर सर्वोच्च अदालतको फैसलालाई स्वागत गरिएको हो । नेकपाको प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताहरुसहित संसद् पुर्नस्थापनाको माग गर्दै आएकाहरुले मदनचौकमा नेपालको नक्सा बनाइ दीप प्रज्वलन गरेर खुशीयाली मनाइएको नेकपा सचिव ऋषिराम ढुंगानाले जानकारी दिए ।

Advertisement

मन्त्रीपरिषद्को सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी थिइन् । संसद विघटन गरेर बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमलाई प्रतिगामी भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहसहित बिभिन्न पार्टीले देशव्यापी रुपमा चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।

यता सरकार र ओली पक्षले भने संसद विघटन गरेर ताजा जनादेश रोज्नु अग्रगामी कदम भएको दावी गर्दै अभियान चलाइरहेको थियो । तर, सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेकाले अब प्रतिनिधिसभा पुनस्थापना भएको छ । सर्वोच्चले १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेशसमेत दिएको छ । सर्वोच्चको फैसलासँगै देशभर दीपावली गरेर खुशीयाली मनाइदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!