- संगालोखबर सम्बाददाता

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरमा शुक्रबार राती ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा बुढीगंगा गाउँपालिका ४ का २७ बर्षीय राजन चौधरी छन् ।

राती करिव ११ बजे ईटहरीबाट दुहबीतर्फ आउँदै गरेको को १९ प ६९७६ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट जाँदै गरेको बीआर ०१-जीसी ०३४१ नम्बरको ट्रकले ठक्कर दिँदा चौधरी घाइते भएका थिए । विराटनगरस्थित नोबल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक तथा मोटरसाइकललाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!