- संगालोखबर सम्बाददाता

धनकुटा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाले संस्थाको स्थापनाकालदेखि हालसम्मका गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ । फोनिजको विहिवार वसेको वैठकले आगामी जेष्ठ मसान्तसम्ममा स्मारिका प्रकाशन गर्ने निर्णय गरेको हो ।

Advertisement

धनकुटा शाखाको स्थापनाकालदेखि हालसम्म सञ्चालन भएका गतिविधिलाई अभिलेखीकरण गर्दै दस्तावेजको रुपमा स्मारिका प्रकाशन गर्ने निर्णय भएको फोनिज अध्यक्ष सन्तबीर लामाले जानकारी दिए । स्मारिकमा फोनिजको ऐतिहाशिक पृष्ठभूमी, धनकुटा शाखा स्थापना भएदेखि हालसम्मका गतिविधि, धनकुटाका अग्रज आदिवासी जनजाति पत्रकारहरुले गरेको योगदानको चर्चा, धनकुटाको पत्रकारिताको विकासमा आदिवासी जनजाति पत्रकारहरुको भूमिका लगायत विषय समेटिनेछ ।

त्यस्तै, आदिवासी जनजातिहरुको ऐतिहाशिक धार्मिक तथा पर्यटकिय स्थलहरुलाई पनि स्मारिकामा समेटिनेछ । स्मारिका प्रकाशनका लागि पत्रकार नगेन्द्र राई, राजेश्वर वहादुर श्रेष्ठ, हिमा चेम्जोङ, विदुर खवास र नरेन्द्र कश्चित सम्मिलित सम्पादक मण्डल पनि निर्माण गरिएको छ ।

स्मारिका प्रकाशनको संरक्षकमा शाखा अध्यक्ष सन्तवीर लामालाई चयन गरिएको छ । स्मारिका प्रकाशनका लागि संजय सन्तोषी राई, टंक वहादुर राई, तिलविक्रम चेम्जोङ, विजय सन्तोषी राई र मोहन वान्तावा सम्मिलित सल्लाहकार समिति पनि बनाइएको फोनिजले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!