
सुनसरी । सुनसरीको रामधुनीमा गएराती पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा रामधुनी ३ का २२ बर्षीय सुरज चौधरी छन् ।
राती पौने १० बजे को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१ प ३१४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक चौधरी गम्भिर घाइते भएका थिए ।
घाईते चौधरीलाई उपचारका लागि विराटनगरस्थित बिराट नर्सिङ होम लगिएको थियो । उपचारका क्रममा राती साँढे ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनापछि पिकअप र चालक मोरङ सुन्दरहरैंचाका दिलबहादुर कामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















