संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

झापा । झापामा घरको छानाबाट खसेर एक जनाको मृत्यु भएको छ । घरको छानाबाट खस्दा दमक नगरपालिका–१ मनकामना टोलका ४५ बर्षीय दिल बहादुर कुमालको मृत्यु भएको हो ।

मंगलबार दिउसो करिव ३ बजे छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खस्दा कुमाल गंभीर घाईते भएका थिए । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचारको क्रममा राती करिव साढे १२ बजे उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!