- संगालोखबर सम्वाददाता

धनकुटा। धनकुटाको खोकुकी सुमिका राईले एउटा मोवाइल सेट किन्दा पुरस्कार स्वरुप अर्को मोवाइल सेट पनि पाएकी छन् । मदनचौकस्थित मानव मोवाइल पसलले सञ्चालन गरेको मेघा सेल मोवाइल एक्सचेन्ज मेलामा मोवाइल किन्दा सुमिकाले भाग्यसाली चिट्ठामार्फत मोवाइल नै पुरस्कार जितेकी हुन् ।

Advertisement

मेलामा सुमिकाले २ हजार ५ सय मूल्य बराबरको मोवाइल सेट किनेकी थिइन् । मोवाइल किन्दा उनलाई चिट्ठा दिइएको थियो । गोला प्रथाबाट बिजेता बन्दा उनले १५ हजार मूल्य बराबरको सामसुङ कम्पनीको मोवाइल सेट पाएको मेला आयोजक मानव मोवाइल पसलका सञ्चालक रमेश पौडेलले जानकारी दिए । गोला प्रथामा बिजेता बनेकी सुमिकालाई पसलमै बोलाएर मोवाइल सेट हस्तान्तरण गरिएको छ । पसल सञ्चालक पौडेलले उनलाई मोवाइल प्रदान गरेका छन् ।

प्रेम दिवसलाई लक्षित गरेर माघ २५ गतेदेखि फागुन २ गतेसम्म मेघा सेल मोवाइल एक्सचेन्ज मेला आयोजना गरिएको थियो । ग्राहकको मागलाई ध्यानमा राख्दै केही दिनलाई मेला थप गरिएको मानव मोवाइल पसलले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!