- संगालोखबर सम्वाददाता
फायल तस्बीर

मोरङ । मोरङको कटहरी गाउँपालिका–४ स्थित चमराही चौकबाट लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका–२ का ३३ बर्षीय धनिराम चौधरी, कटहरी–४ का ३७ बर्षीय मनराज शेख र २३ बर्षीय कैलाश मण्डल छन् ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो साँढे ३ बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट प्लास्टिकले बेरिएको अवस्थामा खैरो हिरोइन आठ ग्राम र डिजिटल काटा एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!