प्रदेश १ मा थपिए २०३ कोरोना संक्रमित, ३५७ संक्रमणमुक्त
विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा २०३ जना कोरोना संक्रमित थपिएका छन । ७२६ जनाको पीसीआर परीक्षण गर्दा १०१ महिला र १०२ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापामा ८२, मोरङमा ५४, सुनसरीमा ३९, तेह्रथुममा १३, इलाम र उदयपुरमा ३/३, ताप्लेजुङमा २, संखुवासभा र धनकुटामा १/१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार झापाको विर्तामोडमा १९, मे...



























