विराटनगर । प्रदेश १ मा आज ३५२ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४३ जनाको पीसीआर परीक्षण गर्दा २०६ महिला र १४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङमा १२६, झापामा १०७, सुनसरीमा ८८, धनकुटामा ८, संखुवासभा र उदयपुरमा ४–४, ताप्लेजुङ र इलाममा ३–३, भोजपुरमा २, पाँचथर, सोलुखुम्वु र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ४३, बेलबारीमा ३०, केराबारीमा १७, सुन्दरहरैंचामा ११, बुढीगंगामा ८, पथरीशनिश्चरेमा ७, धनपालथानमा ३, उर्लाबारीमा २, लेटाङ, कानेपोखरी, रतुवामाई, कटहरी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ । झापाको विर्तामोडमा २४, मेचीनगरमा २२, दमकमा १३, अर्जुनधारामा ११, भद्रपुरमा १०, हल्दिबारी र कनकाईमा ६–६, बुद्धशान्ति, शिवसताक्षी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका ३–३, कमल गाउँपालिकामा २ र बाह्रदशीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी धनकुटाको धनकुटा नगरपालिकामा ४, महालक्ष्मी र स्थानीय तह नखुलेका २–२ जनामा संक्रमण पुष्टि भएको छ । संखुवासभाको चैनपुरमा २, खाँदबारी र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २, त्रियुगा र बेलकामा १–१, ताप्लेजुङको श्रीजंगा, फुङलिङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका, चुलाचुली र देउमाईमा १–१, भोजपुरको भोजपुर नगरपालिका र आमचोकमा १–१, पाँचथर, सोलुखुम्वु र खोटाङमा १–१ जनामा संक्रमण पत्ता लागेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, प्रदेश १ मा आज ४२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०९ महिला र २१८ पुरुष छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ९९५ पुगेको छ ।