संगालोखबर सम्वाददाता
फाईल तस्वीर

पाँचथर । पाँचथरको याङ्वरक गाँउपालिका–४ स्थित काबेली खोलाले बगाउँदा दुई बालक बेपत्ता भएका छन् । खोलाले बगाउँदा स्थानीय १६ बर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ बेपत्ता भएका हुन् ।

आइतबार ६ जना मिलेर उक्त खोलामा पौडी खेल्न गएका थिए । उनीहरु मध्ये लक्ष्मण र बिपललाई खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।

Advertisement

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षकसहितको टोली बालकको खोजतलासमा खटिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!