सुनसरी । सुनसरीमा पानी जमेको खाल्डोमा डुब्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा कोशी गाउँपालिका–५ का अजल मियाका ९ बर्षीय छोरा ईर्फान छन् ।
आइतबार दिउँसो घर नजिकै खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुब्दा उनी घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।