संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज ३०५ जना कोरोना संक्रमित थपिएका छन् । ८६५ जनाको पीसीआर परीक्षण गर्दा १२५ महिला र १८० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

Advertisement

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको १५६, मोरङमा ५९, झापामा ४४, उदयपुरमा १५, पाँचथरमा १४, धनकुटामा ९, इलाममा ४, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको हो । सुनसरीको धरानमा ७२, बराहक्षेत्रमा ५१, इटहरीमा २८, दुहवीमा २, इनरुवा, बर्जु र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ४०, उर्लाबारी र केराबारीमा ४–४, सुन्दरहरैचा र पथरीशनिश्चरेमा ३–३, कानेपोखरीमा २, कटहरी, रतुवामाई र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ । झापाको दमकमा १९, विर्तामोडमा ९, भद्रपुरमा ६, मेचीनगरमा ४, कमलगाउँपालिकामा २, अर्जुनधारा, कचनकवल, बाह्रदशी र स्थानीय तह नखुलेका १–१ जना संक्रमित भएका छन् । उदयपुरको त्रियुगामा ६, लिम्चुुङबुङ, चौदण्डीगढी, ताप्ली र स्थानीय तह नखुलेका २–२, कटारीमा १, पाँचथरको फिदिममा १३ र फाल्गुनन्दमा १ जनामा संक्रमण देखिएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रीवासमा ३ र सहिदभूमिमा १ जनामा संक्रमण पुष्टि भएको छ । इलामको इलाम नगरपालिकामा ४, संखुवासभाको भोटखोलामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७५ हजार २०५ पुगेको छ । जसमध्ये ५ हजार ४६७ सक्रिय संक्रमित छन् ।

यसैबीच, प्रदेश १ मा आज ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४१ महिला र १४२ पुरुष छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ३७८ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!