संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको सातौं नगर सभा सम्पन्न भएको छ । असार ९ गतेबाट सुरु भएको नगर सभा १२ दिनपछि सोमबार सम्पन्न भएको हो ।

Advertisement

महालक्ष्मी नगरपालिकाका नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले आगामी आर्थिक बर्षको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । असार ९ गते नगर सभामा मेयर नेपालले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै, उप–मेयर मञ्जु अधिकारीले आगामी आर्थिक बर्षका लागि ६४ करोड ५४ लाख ९५ हजार ४ सय ४० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी थिइन् ।

नगर सभाले उक्त नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरेको हो । चालु आर्थिक बर्षका लागि महालक्ष्मी नगरले ६० करोड ४७ लाख ७० हजार ३ सय ३१ रुपैयाँ बजेट ल्याएको थियो । चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षका लागि ४ करोड ७ लाख २५ हजार १ सय २७ रुपैयाँ बढी बजेट पारित गरिएको हो ।

नगर सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका बैठकमा छलफल गरी बजेटलाई शीर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको महालक्ष्मी नगरपालिकाका प्रवक्ता रामबहादुर खड्काले जानकारी दिए ।

सातौं नगर सभाको पहिलो बैठकले महालक्ष्मी नगरपालिकाको आफ्नै नगर गान पनि सार्वजनिक गरेको थियो । महालक्ष्मी नगरले यसअघि नगरको बेग्लै लोगो पनि सार्वजनिक गरेर प्रयोगमा ल्याएको छ । धनकुटामा आफ्नै नगर गान र नगरको बेग्लै लोगो प्रयोगमा ल्याउँने महालक्ष्मी पहिलो पालिका हो ।

यो पनि हेर्नुहोस्…

महालक्ष्मी नगरपालिकाको बजेट ६४ करोड

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!