संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

इलाम । इलाममा खुकुरी प्रहार गरी आज एक जनाको हत्या गरिएको छ । इलाम नगरपालिका–१२ साङरुम्बा पिप्ले भञ्ज्याङका ४५ बर्षीय यम बहादुर सावाले सोही स्थानका ५८ बर्षीय धन बहादुर राईको हत्या गरेका हुन् ।

बिहान ७ बजे सावाले राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । घटनाको जानकारी पाएपछि प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय इलामबाट टोली खटिएको थियो । प्रहरीले सावालाई खुकुरीसहित पक्राउ गरेको छ ।

Advertisement

हत्याको कारण खुल्न सकेको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!