संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा २०३ जना कोरोना संक्रमित थपिएका छन । ७२६ जनाको पीसीआर परीक्षण गर्दा १०१ महिला र १०२ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापामा ८२, मोरङमा ५४, सुनसरीमा ३९, तेह्रथुममा १३, इलाम र उदयपुरमा ३/३, ताप्लेजुङमा २, संखुवासभा र धनकुटामा १/१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

Advertisement

मन्त्रालयका अनुसार झापाको विर्तामोडमा १९, मेचीनगरमा १५, भद्रपुरमा १२, दमकमा १०, अर्जुनधारा र कनकाईमा ९/९, शिवसताक्षीमा ५, कमल गाउँपालिकामा २ र हल्दिबारीमा १, मोरङको विराटनगरमा ३६, सुन्दरहरैचामा ६, लेटाङमा ३, बुढीगंगा र बेलबारीमा २/२, रंगेली, उर्लाबारी, रतुवामाई, पथरीशनिश्चरे र ग्रामथानमा १/१ जनामा संक्रमण देखिएको हो । त्यस्तै सुनसरीको इटहरीमा २४, धरानमा ८, बराहक्षेत्र र रामधुनीमा २/२, दुहवी, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङलुङमा ११, फेदाप र स्थानीय तह नखुलेका १/१, इलामको माईमा २ र स्थानीय तह नखुलेका १ जना संक्रमित भएका छन् ।

यता, उदयपुरको त्रियुगामा २, बेलकामा १, ताप्लेजुङको मिक्वाखोलामा २, संखुवासभाको खाँदबारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७५ हजार ४१० पुगेको छ यसैबीच आज ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र १९५ पुरुष छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ७३१ पुगेको छ भने ५ हजार ३१२ जना सक्रिय संक्रमित छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!