संगालोखबर सम्वाददाता

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–५ डुढेस्थित सडक खण्डमा गएराती आफै चढेको बोलेरो गाडीले किच्दा एक जनाको मृत्यु भएको छ । कटारीबाट रुपाटारतर्फ जादै गरेको प्र २–०१–००–१ च–००५० नम्वरको बोलेरो गाडीले राती करिब २ बजे किच्दा सोही गाडीमा सवार स्थानीय २५ बर्षीय रमेश नेपालीको मृत्यु भएको हो ।

Advertisement

उकालो चढ्न नसकी गाडी चिप्लिएर पछि सर्ने क्रममा गाडीबाट ओर्लिदै गर्दा रमेशलाई सोही बोलेरोले किचेको थियो । बोलेरोले किचेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कटारी अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि गाडीलाई प्रहरी चौकी रुपाटारको नियन्त्रणमा लिएको छ । चालक सोही स्थानका ३० बर्षीय इस्वर श्रेष्ठ फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!