संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–६ तीनकुनेस्थित जंगलबाट लागूऔषधसहित धनकुटाका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–६ का २१ बर्षीय सुमन कार्की र धनकुटा नगरपालिका–९ का २१ बर्षीय सुदिप राई छन् ।

Advertisement

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका करिब ७ बजे उनीहरुलाई पक्राउ गरेको हो । इटहरीबाट धरानतर्फ आउँदै गरेको उनीहरु सवार प्र १–०६–००१ प ००१८ नम्बरको मोटरसाइललाई चेकजाँच गर्दा लागुऔषध फेला परेपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लागूऔषध डाइजेल्याप ५ एम्पुल, लुपिजेसिक ५ एम्पुल, एभिल ५ एम्पुल र फेनर्गन ५ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषध बरामद भएपछि मोटरसाइकलसहित दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रकृया अघि बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!