संगालोखबर सम्वाददाता

विराटनगर । बिराटनगर महानगरपालिका–५ स्थित पृथ्वी चौकमा गएराती भाईले आफ्नै दाजुको हत्या गरेका छन् । पृथ्वी चौकका ३१ बर्षीय साजन सिंहले राती करिब १० बजे ४२ बर्षीय दाजु भोलाको हत्या गरेका हुन् ।

Advertisement

दाजु–भाईबीच झगडा हुँदा मादक पदार्थ सेवन गरेका साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । हतियार प्रहारबाट गम्भीर घाईते भएका भोलालाई उपचारका लागि विराट अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा राती उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनापछि साजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक भोला राष्ट्रिय अनुसन्धानका कर्मचारी हुन् । खोटाङमा कार्यरत उनी केही दिन अघि घर आएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!