संगालोखबर सम्बाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३५९ जना कोरोना संक्रमित थपिएका छन् । ९६३ जनाको पीसीआर परीक्षण गर्दा १६५ महिला र १९४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । झापामा १४८, मोरङमा १३१, सुनसरीमा ४७, धनकुटामा १२, उदयपुरमा ५, इलाममा ३, पाँचथर र संखुवासभामा २/२, ताप्लेजुङ,तेह्रथुम र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार झापाको मेचीनगरमा ३५, विर्तामोडमा २६, दमकमा २४, अर्जुनधारा र भद्रपुरमा१७/१७, कनकाईमा १३, शिवसताक्षीमा ५, बुद्धशान्ति, बाह्रदशी र कमलगाउँपालिकामा २/२, गौरादह, गौरीगञ्ज , हल्दिबारी, झापागाउँपालिका र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै मोरङको विराटनगरमा ५४, बेलबारीमा ४४, पथरीशनिश्चरेमा ९, बुढीगंगामा ५, लेटाङ, ग्रामथान, सुन्दरहरैंचा र कटहरीमा ३/३, सुनबर्षीमा २, उर्लाबारी, केराबारी, रंगेली, धनपालथान र स्थानीय तह नखुलेका १/१, सुनसरीको धरानमा २१, इटहरीमा १६, दुहवी र स्थानीय तह नखुलेका ३/३, भोक्राहानरसिंहमा २, गढी र बराहक्षेत्रमा १/१ जना संक्रमित भएका छन् ।

यता, धनकुटाको धनकुटा नगरपालिकामा ८, साँगुरीगढी, पाख्रीबास, शहिदभूमी र महालक्ष्मीमा १/१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढी र स्थानीयतहनखुलेका १/१, इलामको इलामनगरपालिकामा २ र सुर्योदयमा १, पाँचथरको फुङलिङ र स्थानीय तह नखुलेका १/१, संखुवासभाको चैनपुर र स्थानीयतहनखुलेका १/१, ताप्लेजुङको मिक्वाखोला, तेह्रथुमको म्याङलुङ र भोजपुरको भोजपुर नगरपालिकामा १/१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७३ हजार ३९७ पुगेको छ । यसैबीच ६२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८४ महिला र ३३९ पुरुष छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार १५८ पुगेको छ भने ५ हजार ९५२ सक्रिय संक्रमित छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!