संगालोखबर सम्वाददाता

इटहरी । गैरआवासीय नेपाली संघले इटहरी अस्पताललाई दुई थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । एक कार्यक्रमकाबीच आज अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । एनआरएनएको तर्फवाट कन्सन्ट्रेटर हस्तान्तरण गर्दै एनआरएन कतारका पूर्व सचिव टिन एन वरालले पूर्व क्षेत्रमा आठ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिने जानकारी दिए ।

Advertisement

कार्यक्रममा इटहरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.योगेश चेम्जोङ्गले महामारीको समयमा एनआरएनएले दिएको अक्सिजन कन्सन्ट्रेटरले विरामीको उपचारमा थप सहज हुँने भन्दै धन्यवाद दिए ।

इटहरी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख धनश्याम सिग्देल, प्रेस संयोजक लिलाराज भट्टराई र इटहरी अस्पतालका इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको प्रति एनआरएनएलाई धन्यवाद ज्ञापन गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!