संगालोखबर सम्वाददाता

मोरङ । मोरङको बेलवारीबाट धनकुटाका दुई युवतीसहित तीन जना लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । बेलबारी–१ गाँईघाट टोलबाट स्थानीय ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटाको हिलेका दुई जना युवती पक्राउ परेका हुन् ।

Advertisement

लागूऔषधको कारोबार भईरहेको सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट बिहिबार बेलुका साढे ५ बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

ब्राउनसुगर सेवन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । प्रहरीले तामाङको घरमा खानतालासी गर्दा धानको भकारी भित्र लुकाएर राखिएको लागूऔषध ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम बरामद भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!