संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज ६३९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३०८ महिला र ३३१ पुरुष छन् । योसँगै प्रदेश १ मा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार ७९७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

यसैबीच, प्रदेश १ मा आज ४०३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा आज १ हजार १९० जनाको पीसीआर परीक्षण गर्दा १७८ महिला र २२५ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । झापामा १५२, सुनसरीमा १३२, मोरङमा ८६, धनकुटामा ७, संखुवासभामा ६, इलाममा ५, उदयपुरमा ३, ताप्लेजुङ र तेह्रथुममा २–२ तथा ओखलढुङ्गामा १ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा गरिएको परीक्षणमा प्रदेश १ बाहिर ठेगाना भएका ७ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

झापाको विर्तामोडमा ४४, दमक र मेचीनगरमा २१–२१, भद्रपुरमा १९, अर्जुनधारामा १७, हल्दिबारीमा ९, कनकाईमा ६, बुद्धशान्ति र बाह्रदशीमा ३–३, कमल गाउँपालिका र गौरादहमा २–२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको छ । सुनसरीको धरानमा ९२, इटहरीमा २२, बराहक्षेत्र र स्थानीय तह नखुलेका ५–५, रामधुनीमा ३, कोशी, बर्जु, हरिनगर, इनरुवा र गढीमा १–१ जना संक्रमित थपिएका छन् । मोरङको विराटनगरमा ४८, केराबारीमा १४, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ४, उर्लाबारीमा ३, बुढीगंगा, कटहरी, रंगेली, लेटाङ, कानेपोखरी, धनपालथान र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ४, साँघुरीगढी, छथर जोरपाटी र स्थानीय तह नखुलेका १–१ जनामा पनि संक्रमण पुष्टि भएको छ । यता, संखुवासभाको सिलोचोङमा ५ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा २, माई, चुलाचुली र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढी, त्रियुगा र स्थानीय तह नखुलको १–१, ताप्लेजुङको फुङलिङ र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको मेन्छेयाम र स्थानीय तह नखुलेका १–१, ओखलढुङ्गाको मानेभन्ज्याङमा १ जनामा संक्रमण देखिएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७३ हजार ८ सय पुगेको छ । जसमध्ये ५ हजार ७ सय सक्रिय संक्रमित छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!