संगालोखबर सम्बाददाता

धनकुटा । कोशी राजमार्गको धनकुटा–हिले सडकखण्डस्थित धनकुटाको स्कूलडाँडामा सोमबार पिकअप दुर्घटना भएको छ । इटहरीबाट कुखुराको चल्ला बोकेर संखुवासभाको चैनपुर जाँदै गरेको को २ च १८८२ नम्बरको पिकअप बिहान करिब ११ बजे पल्टिएको हो ।

Advertisement

प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षती भएको छैन । तर, जंगलभरी कुखुराका चल्ला छरपस्ट भएका छन् । पिकअपमा २ हजार २ सय वटा कुखुराका चल्ला थिए । पिकअप पल्टिँदा सबै चल्ला जंगलभरी छरपस्ट भएका हुन् । सयौं चल्ला मरेका छन् । नमरेका चल्लालाई बटुलेर उठाइएको छ ।

उकालो जाँदै गर्दा गाडीमा समस्या देखिएपछि पिकअप रोकेर राखिएको थियो । सोही क्रममा पछाडि गुड्किएर डिलबाट करिब ९० मिटर तल पिकअप झरेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!